दुई पांग्रे सवारी साधनमा दशैं–तिहार लक्षित उपहारै उपहार: १२ तोला सुनदेखि १० लाख नगदसम्म

दुई पांग्रे सवारी साधनमा दशैं–तिहार लक्षित उपहारै उपहार: १२ तोला सुनदेखि १० लाख नगदसम्म


ग्राहकलाई आकर्षित गर्ने गरी मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरूले दशैं–तिहार तथा छठ पर्वलक्षित उपहार योजना सार्वजनिक गरेका छन्।

विगतका वर्षहरूमा पनि बाइक तथा स्कुटर बिक्रेता कम्पनीहरूले नेपालीहरूको महान पर्व दशैं–तिहार जस्ता पर्व नजिकिएसँगै ग्राहक आकर्षित गर्न विभिन्न योजनाहरु सार्वजनिक गर्ने गरेका छन्।

यसरी विगतको निरन्तरता स्वरूप यो वर्ष पनि बाइक तथा स्कुटर विक्रेता कम्पनीहरूले ग्राहकलाई आकर्षित गर्न चाडपर्वलक्षित अफर योजना सार्वजनिक गरेका छन्। 

बाइक तथा स्कुटर विक्रेता कम्पनीहरूले विशेषगरी हरेक वर्ष दशैं–तिहार तथा छठलाई लक्षित गरी उपहार तथा बाइक खरिदमा छुटका अफर सार्वजनिक गर्ने गर्दछन्। 

विगतको जस्तै यो वर्ष पनि कम्पनीहरूले ग्राहकलाई आकर्षण गर्न १२ तोला सुन उपहारदेखि १० लाख नगद पुरस्कारसमेत उपहार योजना सार्वजनिक गरेका छन्।

यसरी कम्पनीहरूले उपहार घोषणा गरेसँगै बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकहरूको भीड लाग्न थालेको व्यावसायीहरूले जनाएका छन्।

पछिल्लो समय कोरोना महामारी जोखिमको कारण धेरै यात्रुहरू सार्वजनिक यातायातमा यात्रा गर्न छाडेका छन्। 

यसरी यात्रा गर्दा कोरोनाको जोखिम हुने भन्दै धेरै मानिसले निजी सवारी खरिद गर्न थालेका छन्।

कोरोना महामारी सुरू भएदेखि निजी सवारी साधनमा सर्वसाधारणको आकर्षण अझ बढ्न थालेको छ । 

सरकारले कोरोना महामारी नियन्त्रण र रोकथामको लागि गरेको लकडाउन तथा निषेधाज्ञापछि बाइक तथा स्कुटरको खपत ७२ प्रतिशतले बढेको नाडाले जनाएको छ।

कोरोना महामारीको नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको कारण अन्य व्यवसाय सिथिल बन्दै गएको अवस्थामा अटो व्यवसाय फस्टाएको छ। 

तर, वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत् ल्याएको संशोधित बजेटमा मध्यवर्गीय यात्रुहरूले चढ्ने बाइकको भन्सार दर बढाएकाले दशैं–तिहारको मुखैमा बाइकको मूल्य बढेको छ।

नेपालमा विभिन्न चाडपर्वको समयमा मात्रै वार्षिक रूपमा करिव ४० प्रतिशत व्यापार हुने गरेको व्यापारीहरूले बताएका छन्।

व्यावसायीहरूका अनुसार अहिले अधिकांश कम्पनीहरूले आफ्नो ग्राहकवर्ग लक्षित विभिन्न अफर सार्वजनिक गरेका छन् । यस्तो अफरले पछिल्लो समय दुईपांग्रे तथा चारपाङ्ग्रे सवारी साधनको माग बढिरहेको छ।

कोरोना महामारीको कारण व्यापारमा निकै प्रभावित भएको समयमा कम्पनीहरूले सार्वजनिक गरेको अफरले ग्राहक थप आकर्षण हुने कम्पनीहरूको बुझाइ छ।

तर, उनीहरूका अनुसार कोरोना महामारीकै कारण ग्राहकको रोजाइ अनुसारको सवारी आयात हुन नसक्दा बजारमा ग्राहकले रोजेजस्तो सवारी साधन पाउनै मुश्किल भएको बताएका छन्।

त्यस्तै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले कामकाजी मानिसलाई लक्षित गरी सवारी साधन खरिदको लागि सहजै कर्जा उपलब्ध गराइरहेका छन्।

बैंकहरूबाट सवारी कर्जा सहज पाइने, कोभिड संक्रमणको जोखिम कम हुने र आफ्नै सवारी साधनमा यात्रा गर्न पाउने भएकाले पछिल्लो समय निजी सवारी साधनप्रति ग्राहकहरूको आकर्षण बढेको व्यवसायीहरूको भनाइ छ।

यसरी दुईपांग्रे सवारी साधनमा आकर्षण बढेकाले दशैं–तिहार लक्षित कम्पनीहरूले विभिन्न प्याकेज ल्याएका छन् । 

अहिलेसम्म होण्डा, हिरो, बजाज, सुजुकी, यामाहा, टिभीएस, बेनेली, मोटेरेडलगायत ब्राण्डका मोटरसाइकल र स्कुटर बिक्री गर्ने कम्पनीहरुले दशैं–तिहार योजना सार्वजनिक गरेका छन्।

कुन कम्पनीको कस्तो अफर ?

होण्डा 

नेपालका लागि होण्डाको एक मात्र मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैं–तिहारलक्षित उपहार योजना सार्वजनिक गरेको छ।

होण्डाले सबै प्रदेशबाट होण्डाको मोटरसाइकल तथा स्कुटर खरिद गर्ने १ जनालाई १ लाख रुपैयाँ उपहार दिने जनाएको छ। 

पहिलो पटक होण्डाले सातै प्रदेशलाई समावेश गरेर छुट सार्वजनिक गरेको कम्पनीले छुट अविधिभर होण्डाका ग्राहकहरुले स्क्र्याच कुपनमार्फत् हात खाली नजाने गरी १ लाख रुपैयाँसम्म नगद उपहार दिनेसमेत जनाएको छ । 

यस्तै, छुट योजनाअन्तर्गत ग्राहकले ७ वर्षको लागि स्पेयर पार्टसमा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्रदान गर्ने जनाएको छ ।

त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास व्याक, १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको ईएमआई र १ प्रतिशत व्याजदरमा होण्डा

खरिद गर्न सकिने अफर ल्याएको छ । होण्डा बिग बाइक खरिदमा सहभागी १ जनालाई १५ लाखसम्मको नगद पुरस्कारसमेत दिने कम्पनीले जनाएको छ ।

हिरो  

नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक एक मात्र बिक्रेता नेपाल जनरल मार्केटिङले नगद छुटदेखि स्क्र्याच कार्डमार्फत १ लाखसम्मको छुट योजना सार्वजनिक गरेको छ ।

कम्पनीले चार्डपर्वलाई लक्षित गर्दै हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत् १ लाख तथा बम्पर लक्की ड्र मार्फत् एक जनाले १ लाख रुपैयाँ नगदको घोषणा गरेको हो। 

यस्तै,कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा शून्य प्रतिशत व्याजमा ५० प्रतिशत फाइनान्सको समेत सुविधा उपलब्ध गराउने जनाएको छ ।

बजाज 

दशैं–तिहारलक्षित बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत ग्राहकले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने समयमा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

जसमा ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १० हजार रुपैयाँसम्म अग्रिम नगद, मोटरसाइकलको खरिदको समयमा १ लाख रुपैयाँसम्म नगद तथा बम्पर अफरअन्तर्गत कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

सुजुकी

सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले ‘दशैं आयो उमंग छायो’ योजना सार्वजनिक गरेको छ । 

कम्पनीले दशैंतिहार तथा छठ पर्वलाई लक्षित गरी ग्राहकहरूलाई स्कुटरको खरिदमा १० हजार नगद छुट दिने भएको छ ।

त्यस्तै, कम्पनीले १ वर्षको सडक दस्तुर छुट, एक्सचेञ्ज, सरल फाइनान्सको सुविधाका साथै प्रत्येक १५ दिनमा बम्पर उपहारस्वरुप इन्ट्रडर बाइक जित्न सकिनेछ ।

टिभीएस

दशैं–तिहार र छठ पर्वलाई लक्षित गरी टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले गत भदौ १६ गतेदेखि लागुु हुनेगरी ‘टीभीएसः ६ प्राइजको सरप्राइज’ योजना सार्वजनिक गरेको छ ।

उक्त अफरअन्तर्गत ग्राहकले ६ पटकसम्म उपहार जित्न सक्नेछन् । साथै, विभिन्न टीभीएस ब्राण्डका मोटरसाइकल र स्कुटरको खरिदमा हात खाली नहुने गरी विभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यो योजनाअन्तर्गत ग्राहकले मोटरसाइकल वा स्कुटर खरिद नै नगरी कम्पनीको वेवसाइट टीभीएस नेपाल डट कम÷दशैंमा गएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् भने सवारी खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद हात पार्न सक्नेछन् । त्यसका साथै दैनिक रियल मी सी २० स्मार्ट फोन पनि ग्राहकले जित्न सक्नेछन् ।

योजनाअन्तर्गत ग्राहकले हरेक साता शतप्रतिशत क्यासब्याकको अफर पाउनेछन् । जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टीभीएस अपाचे आरआर ३१० पाउन सक्नेछन् ।

त्यस्तै, बम्पर उपहारअन्तर्गत टीभीएसको सवारीसँगै अन्तिममा प्रोटोन सागा कार जित्न सक्नेछन् । साथै सोधपुछमार्फत् रियल मी स्मार्ट फोन र अपाचे आरआर ३१० बाइक जित्न सक्नेछन् ।

यामाहा

यामाहा मोटरसाइकल तथा स्कूटरहरूको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दशैं तिहार अफर सार्वजनिक गरेको छ । 

कम्पनीले दशैं तिहारको शुभकामनासहित एक विशेष उपभोक्ता योजना ‘रेस फर द एस अफर’ शुरु गरेको हो ।

योजनाअन्तर्गत ग्राहकहरूले यामाहा खरिद गर्दा तत्कालै स्योर सट उपहारमा ८ हजार रुपैयाँदेखि १ लाख रुपैयाँ सम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सक्नेछन् । साथै लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्का तास जित्नेछन् ।

कम्पनीले विजेता उपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्का तास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन नेपालमा ठूला चाडपर्व सुरु भएसँगै नयाँ बाइक तथा स्कुटर बिक्रेता कम्पनीहरुले अफर सार्वजनिक गर्न थालेका छन् । 

ग्राहकलाई आफ्ना साधनमा आकर्षण गर्न बिक्रेता कम्पनीहरुले नगद तथा सर्भिसिङमा छुटदेखि स्क्र्याच कुपनका अफर सार्वजनिक गर्न थालेका हुन् ।

मोटरहेड 

नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले भदौ २४ गतेदेखि लागु हुनेगरी दशंै, तिहार र छठलाई मध्यनजर गरी ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर सार्वजनिक गरेको छ ।

आगामी कात्तिक २४ गतेसम्म चल्ने सो अफरअन्तर्गत मोटरहेडका जुनसुकै मोटरसाइकल खरिदमा १२ हजार नगद छुटदेखि ८ हजार फाइनान्सिङको छुट दिएको छ । 

यस्तै, कम्पनीले अफर अवधिभर मोटरसाइकल खरिद गर्ने सबै ग्राहकहरु मध्येबाट गोलाप्रथा गरी तीन जना भाग्यशाली ग्राहकलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगद प्रदान गर्ने जनाएको छ ।

बेनेली

इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले चाडपर्वका लागि थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको छ । 

कम्पनीले मोटरसाइकल किन्नुभन्दा पहिले ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्दा १ लाख रुपैयाँ छुट, मोटरसाइकल किन्ने निश्चित भइसकेपछि वाक इन डिस्काउन्ट अफरअन्तरगत १ लाख र मोटरसाइकल किनिसकेपछि ५ हजार रुपैयाँसम्मको हेल्मेट र अन्य विभिन्न उपहार गरी २ लाख ५ हजारसम्मको छुट दिने जनाएको छ ।

  

Logo