गत आर्थिक वर्षमा कूल आयातकाे २ प्रतिशत विद्युतीय सवारी नेपाल भित्रिए

गत आर्थिक वर्षमा कूल आयातकाे २ प्रतिशत विद्युतीय सवारी नेपाल भित्रिए


आर्थिक वर्ष २०७७/७८ मा नेपाली बजारमा २ सय ६१ वटा इलेक्ट्रिक कार, जिप र भ्यान भित्रिएका छन्। यी सवारी साधन चीन, भारत, कोरिया र अमेरिकाबाट भित्रिएकाे भन्सार विभागको तथ्यांक छ।

गत आर्थिक वर्षमा समग्रमा ९ हजार ५२ वटा विद्युतीय सवारी साधन आयात भएका हुन्। जुन कुल आयात भएका सवारी साधनको दुई प्रतिशत हो। गत आवमा कुल चार लाख ७८ हजार ७२ वटा गाडी भित्रिएका थिए। 

आर्थिक वर्ष २०७६/७७ मा कुल ४८१ विद्युतीय सवारी साधन भित्रिएका थिए। विद्युतीय सवारीसाधन भित्र्याउने कम्पनीमा निसान, टाटा, एमजी, महिन्द्रा र किया रहेका छन्। नेपाली बजारमा यी ब्रान्डका इलेक्ट्रिक चारपांग्रे सवारी साधनको बर्चस्व छ।

गत आर्थिक वर्षमा १०० किलोवाटसम्मका चीनबाट ७६, भारतबाट २५ र कोरियाबाट १९ वटा इलेक्ट्रिक कार भित्रिएका छन्। त्यसैगरी ५० देखि १०० किलोवाट सम्मका २५ वटा कार भित्रिएका छन्। जस मध्ये चीनबाट १८ र कोरियाबाट ७ वटा छन्।

त्यस्तै १०० देखि १५० किलोवाट क्षमताका चीनबाट ३८ र अमेरिकाबाट १३ इलेक्ट्रिक कार भित्रिएका छन् भने १५० देखि २०० किलोवाट क्षमताका चीनबाट ८ र कोरियाबाट ४५ कार, जिप, भ्यान भित्रिए।

यसैगरि फोर ह्विलर्स विथ वान्ली इलेक्ट्रिक मोटर्स फर प्रोपल्सन अन्तर्गत चीनबाट १० र भारतबाट २ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन्।

Logo