नेप्से परिसूचक १३.८३ अंकले बृद्धि, कारोबार रकम भने बढ्न सकेन

नेप्से परिसूचक १३.८३ अंकले बृद्धि, कारोबार रकम भने बढ्न सकेन


पछिल्लो एक महिनादेखि निरन्तर रूपमा शेयर बजारमा उतारचढाव आएको छ। उतारचढाव आउँदा शेयर बजारमा निरन्तर गिरावट आएको थियो ।

तर, मंगलबार नेप्से परिसूचक गिरावटको क्रम रोकिएको छ। आज प्रिओपनिङमा ओरालो लागेको बजार कारोबारको अन्तिम समयमा आएर झिनो अंकले बृद्धि भएको छ।

मंगलबार नेप्से १३.८३ प्रतिशतले बढेर २ हजार ७१२.०२ अंक पुगेको छ। सोमबार नेप्सेमा ११४.०२ अंकले गिरावट आएर २ हजार ६९८.२४ अंकमा पुगेको थियो। 

सोमबार नेप्से ०.५१ प्रतिशतले बढेको छ भने सेन्सेटिभ परिसूचक २.३६ अंकले बढेर ५०८.६२ विन्दुमा पुगेको छ ।

मंगलबार कारोबारमा आएका  २२३ वटा कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये ९ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको शेयर घटेको छ । 

आज मनकामना स्मार्ट लघुवित्त वित्तीयको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर र विकास बैंकको शेयरमा ६ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । 

त्यसैगरी लगानी र जीवन बीमा उपसूचक समुहको शेयरमा ५ प्रतिशतभन्दा बढीको गिरावट आएको छ भने होटल तथा पर्यटन, निर्जीवन वीमा र ट्रेडिङ उपसूचकको शेयर ४ प्रतिशतभन्दा बढीले घटेको छ । 

त्यस्तै माइक्रो फाइनान्स, म्युचुअल फण्ड र अन्य समूहको शेयर ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

 

Logo