आजदेखि साहस उर्जाको आइपीओ बिक्री खुला

आजदेखि साहस उर्जाको आइपीओ बिक्री खुला


साहस उर्जाले बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले कूल ७० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ३ लाख ५० हजार कित्ता म्युचुअल फन्ड र २ लाख १० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।  यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । 

Logo