साहस उर्जाको ७० लाख कित्ता आइपिओ बिक्री खुल्ला

साहस उर्जाको ७० लाख कित्ता आइपिओ बिक्री खुल्ला


साहस उर्जा लिमिटेडले आज असोज ६ गतेदेखि ७० लाख कित्ता आइपिओ बिक्री खुल्ला गरेको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मुल्यमा कुल ७० लाख कित्ता आइपिओ बिक्री खुल्ला गरेको हो।

कम्पनीले कुल कित्तामध्ये ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

कम्पनीको यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। लगानिकताले यस आईपीओमा असोज १० गते भित्र आवेदन दिइसक्नु पर्नेछ ।  यस आईपीओमा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्ने भएको छ । 

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ। 

Logo