आगलागी भएको नेविको बिस्कुटको उत्पादन पुनः सुरू

आगलागी भएको नेविको बिस्कुटको उत्पादन पुनः सुरू


काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट उत्पादन कारखाना पुनः सञ्चालनमा आएको छ । 

गत साउन २३ गते भीषण आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको कारखाना बुधबारबाट पुनः सञ्चालनमा आएको हो । 

बुधबार कम्पनीले पत्रकार सम्मेलन आयोजना गरी  सञ्चालनमा आएको जानकारी दिएको हो । कारखाना सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने कम्पनीले जनाएको छ। 

कम्पनीका प्रमुख कार्यकारी निर्देशक केशव भट्टराईले पहिलो चरणमा दैनिक १६ टन मात्रै उत्पादन गर्ने लक्ष्य रहेको बताए । उनले आगलागीका कारण मेशिन पूर्ण रुपमा ध्वस्त भएको कारण पहिलेको क्षमताभन्दा कम उत्पादन हुने बताए। उनले यसअघि औसतमा दैनिक २० देखि २२ टन विस्कुट उत्पादन हुने गरेको थियो । 

यस्तै, आगलागीबाट अनुमानित कुल २२ करोड रुपैयाँ बराबरको क्षति भएको पनि जानकारी दिए । जसमध्ये १२ करोड रुपैयाँ अनुमानित कच्चा पदार्थमा र बाँकी मेशिन र घरमा क्षति पुगेको उनले बताए। मेशिन र घरको क्षति पूर्ण विवरण अझै नआएको पनि उनले जानकारी दिए।

नेविकोले करिब ५८ बर्षदेखि आफ्ना उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आएको छ । नेपालमा अन्तराष्ट्रिय कम्पनीका विस्कुटहरु नभित्रिएको समयमा नेबिकोका थिन आरारोट, ग्लुकोज, कोकोनट विस्कुटले आधिपत्य जमाएका थिए ।

Logo