एक्सेल डेभलपमेन्ट बैंकको ३३ हजार ३६३ कित्ता हकप्रद सेयर आउँदै

एक्सेल डेभलपमेन्ट बैंकको ३३ हजार ३६३ कित्ता हकप्रद सेयर आउँदै


एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले १०ः ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अंकित मुल्यमा उक्त सेयर जारी गर्न लागेको हो । यस हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । 

यस हकप्रद सेयरमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले हकप्रदमा आवेदन गर्दा एनआईबीएल र एक्सेल डेभलपमेन्ट बैंकका शाखा कार्यालयमार्फत दिन सकिने छ ।

हाल कम्पनीको ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी हकप्रद सेयर जारी भएपछि बढेर १ अर्ब ५ करोड पुग्नेछ ।

Logo