नेप्से परिसूचक २.७० अंकले वृद्धि

नेप्से परिसूचक २.७० अंकले वृद्धि


बुधबार भारी अंकले वृद्धि भएको नेप्से परिसूचक बिहीबार सामान्य वृद्धि भएको छ। 

आज नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ अंकमा पुगेको छ। 

आज कारोबारमा आएका २२६ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँमा कारोबार भएको छ।

जसमध्ये ७५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। साथै ९ वटा कम्पनीको शेयर मूल्य स्थिर छ।

नेप्सेका उपसूचकमा बैंकिङ र फाइनान्स समूहबाहेक सबैमा गिरावट देखिएको छ। २ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेको सकारात्मक प्रभाव बैंकिङ समूहमा देखिएको छ।

आजकाे कारोबारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

Skip This
Logo