साढे दुई महिनामा २ खर्ब बढी व्यापार घाटा, १५ अर्ब बढीको सोयबिन आयल आयात

साढे दुई महिनामा २ खर्ब बढी व्यापार घाटा, १५ अर्ब बढीको सोयबिन आयल आयात


सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा साढे २ खर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा भएको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको भदौसम्ममा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको हो।

गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । 

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ७०.७५ प्रतिशतले व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

नेपालमा भदौ महिनासम्ममा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ बराबरको वस्तु तथा सेवा आयात भएको छ।

गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ बराबरको आयात गरेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा ७५.८६ प्रतिशतले आयात बढेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षमा निर्यातमा पनि बृद्धि भएको छ।

आर्थिक वर्षको २०७७/७८ को पहिलो दुई महिनामा नेपालबाट २० अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो ।

चालु आर्थिक वर्षको सोही महिनामा नेपालले ४४ अर्ब ३ करोड ९५ लाख रुपैयाँको निर्यात गरेको छ । गत वर्षको तुलनामा ११५.४३ प्रतिशतले बृद्धि भएको छ।

त्यस्तै, नेपालले दुई महिनाको अवधिमा ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । 

गत वर्ष सोही अवधिमा नेपालले १ खर्ब ९९ अर्ब २८ करोड ९३ लाख रुपैयाँको मात्रै वैदेशिक व्यापार गरेको थियो । 

सरकारलले यसरी आयातित वस्तु तथा सेवाबाट ८३ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

नेपालबाट भदौ महिनासम्ममा सबैभन्दा बढी सोयबिन आयल आयात गरेको छ । भदौसम्ममा नेपालले १५ अर्ब ६० करोड रुपैयाँको क्रुड सोयाबिन तेल आयात गरेको छ । दोस्रोमा डिजेल मात्रै १३ अर्ब ९६ करोड २८ लाख रुपैयाँको आयात गरेको छ ।

आइरन तथा स्टिल १० अर्ब ५४ करोड ५१ लाख रुपैयाँको, मोबाइल फोन १० अर्ब ३६ करोड ३५ लाख रुपैयाँको, पेट्रोल ८ अर्ब ५५ करोड २५ लाख रुपैयाँको, सुन ८ अर्ब ३५ करोड ७७ लाख रुपैयाँको, एलपीजी ग्यास ७ अर्ब ९९ करोड २३ लाख रुपैयाँको, सिल्भर ६ अर्ब ६५ करोड ८९ लाख रुपैयाँको, क्रुड पाम तेल ६ अर्ब ४५ करोड २६ लाख रुपैयाँको र आइरन स्टिल ४ अर्ब ८७ करोड ५८ लाख रुपैयाँको आयात भएको छ ।

त्यस्तै, नेपालबाट दुई महिनाको अवधिमा नेपालबाट १६ अर्ब ४८ करोड १५ लाख रुपैयाँको मात्रै भट्मासको तेल निर्यात भएको छ । दुई महिनाको अवधिमा नेपालबाट भट्मासको तेल सबै भन्दा बढी निर्यात भएको भन्सार विभागले जनाएको छ।

दोस्रोमा भारतले पाम तेलको निर्यातमा प्रतिबन्ध फुकुवा गरेसँगै पाम तेल ७ अर्ब ५० करोड ६१ लाख रुपैयाँ निर्यात भएको छ।

त्यस्तै, नेपालबाट विदेशमा १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँको सूर्यमुखी तेल, १ अर्ब ९ करोड ७ लाखको फेल्ट, १ अर्ब ५० करोड ३६ लाख रुपैयाँको कार्पेट,   अर्ब ३३ करोड ५० लाख रुपैयाँको जुट निर्यात भएको भन्सार विभागले जनाएको छ ।

Logo