काठमाडौं उपत्यकामा आज ९३४ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ९३४ जना संक्रमित थपिए


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ९३४ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ७४७ , भक्तपुरमा ७६ र ललितपुरमा ११४ जना थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा संक्रमितको संख्या १८ हजार ८८०, भक्तपुरमा २ हजार ३४ र ललितपुरमा २ हजार ३४७ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या २३ हजार २६८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । आज १ हजार ५१३ जना थपिएका छन् । सोमबार १ हजार ३५१ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । आज निको हुनेको संख्या ७३१ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । आज मात्र १० जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परिक्षण १० हजार ८९१ रहेको छ । आज २० हजार ३९६ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo