मल स्टोरेज र वितरण मुख्य समस्याः सचिव आचार्य

मल स्टोरेज र वितरण मुख्य समस्याः सचिव आचार्य


कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले नेपालमा अबको समस्या मल भण्डारण र वितरण भएको बताएका छन् ।

सोमवार मलखाद व्यवसायी संघ नेपालको पाँचौ साधारण सभा तथा दोस्रो महाधिवेशनमा बोल्दै कृषि विकास सचिव आचार्यले नेपालमा अबको समस्या मल स्टोरेज र वितरण भएको बताए । 

उनले स्टोरेज गर्ने कुरा साल्ट ट्रेडिङ वा कृषिको गोदाम मात्रै नभएर कसरी लैजाने र कहाँ जम्मा गरेर राखिरहेका छौँ भन्ने कुरा मुख्य रहेको बताए ।

सचिव आचार्यले मल धेरै नेपाली जनताको चासोको विषय भएकोले विभिन्न शंका, आशंकाहरुलाई चिर्दै काम गरेर देखाउनुपर्ने बताए ।

कार्यक्रममा मन्त्रालयका पशुपंक्षी विकास सचिव डा. गोविन्दप्रसाद शर्माले मलमा कृषकहरुका लागि फार्म, फर्म र फ्याक्ट्रीको आवश्यक रहेको धारणा राखे ।

त्यस्तै कार्यक्रममा कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले मलखादलाई सहकारी बाहेकको जस्तो संगठन बनाउन खोजेको आरोप लगाए ।

Logo