‘कुलमानमा दम्भ बढ्यो, सबै टेलिभिजन प्रसारण ब्ल्याक आउट गर्छौं’ (भिडियाेसहित)

‘कुलमानमा दम्भ बढ्यो, सबै टेलिभिजन प्रसारण ब्ल्याक आउट गर्छौं’ (भिडियाेसहित)


नेपाल विद्युत प्राधिकरणले पोलको भाडा बृद्धि गरेको छ। प्राधिकरणले पोल भाडामा बृद्धि गरेसँगै इन्टरनेट तथा केवल टेलिभिजन व्यवसायीदेखि चलचित्र निर्माताहरूले समेत असन्तुष्टि जनाएका छन्।

प्राधिकरण कही दिन अगाडि गत वर्ष भदौ १ अघि २४ कोरसम्म प्रतिकिलोमिटर प्रतिमहिना १ हजार २ सय अर्थात् वार्षिक १४ हजार ४ सय रुपैयाँ भाडादर रहेको भाडादर बढाएर महानगर र उपमहानगरपालिकामा प्रतिकिलोमिटर ९ हजार र नगरपालिका तथा गाउँपालिकामा ७ हजार रुपैयाँ तोकिएको छ।

प्राधिकरणले पोलको भाडा बढाउने वित्तिकै इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको मूल्य बढाइसकेका छन्। सेवा प्रदायक कम्पनीहरूले सहरी क्षेत्रमा १५० र ग्रामीण क्षेत्रमा ३ सय रुपैयाँसम्म इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका गरिसकेका छन्।

प्राधिकरणले भाडा बृद्धि गरेर इन्टरनेट तथा केवल व्यवसायीहरूलाई नयाँ निर्धारण गरको भाडादर अनुसार भुक्तानी गर्न पत्रसमेत पठाएको छ। प्राधिकरणको एउटा निर्णयले इन्टरनेट प्रयोगकर्ताले चर्को मूल्य तिरेर इन्टरनेट प्रयोग गर्नुपर्ने अवस्था आएको छ।

यसरी प्राधिकरणको निर्णयप्रति आक्रोशित बनेका केवल टेलिभिजन व्यवसायीहरूको बुधबारबाट काठमाडौंमा राष्ट्रिय भेला सुरु भएको छ । टेलिभिजन व्यवसायी महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा ४ सयभन्दा बढी व्यवसायीहरू सहभागी भएका छन् ।

भेलाको उद्घाटन उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरेकी हुन्। भेलाको उद्घाटन गर्दै ऊर्जामन्त्री भुसालले केवल टेलिभिजन व्यसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताइन् ।

मन्त्री भुसालले विद्युत प्राधिकरणको आजै बस्ने बोर्ड बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने व्यवसायीलाई आश्वासनसमेत दिएकी छन्। उनले बैंठकमा पोल भाडा बृद्धि गरेर व्यवसायीलाई मारमा पर्न नदिने बताएकी छन्।

आजको भेलामा केवल व्यवसायी तथा चलचित्र निर्माताहरू सबैले उर्जामन्त्री पम्फा भुसालकै अगाडी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चर्को विरोध गरेका छन्। कार्यक्रममा केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले सरकारको नीति र निर्णयले गर्दा केवल व्यवसाय पलायन हुने अवस्था आएकाले गुहार माग्नकै लागि भेला गरिएको बताए ।

शर्माले विद्युत प्राधिकरणको पोल प्रयोग नगरी घर–घरमा टेलिभिजन नपुग्ने भन्दै प्राधिकरणले ३५० प्रतिशत पोल भाडा वृद्धि गरेर सूचनाको हक खोस्न लागेको आरोप लगाए।

 

Skip This
Logo