साहस ऊर्जाको आइपीओ बाँडफाँट, ६ लाख ४४ हजारले पाए १० कित्ता शेयर

साहस ऊर्जाको आइपीओ बाँडफाँट, ६ लाख ४४ हजारले पाए १० कित्ता शेयर


साहस ऊर्जा कम्पनीको आइतबार आइपीओ बाँडफाँट भएको छ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आवेदकमध्ये १० कित्ताका दरले ६ लाख ४४ हजारले शेयर पाएका छन्।

कम्पनीको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए। जसमध्ये ११ हजार ९९६ जनाको आवेदन रद्द भएको छ भने ५ हजार २८५ वटा आवेदन अस्वीकृत भएका छन्।

कम्पनीले ७० लाख कित्ता आइपीओका लागि असोज ६ गतेदेखि १० गतेसम्म आवेदन खुल्ला गरेको थियो। जसमध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको ६४ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए।

Logo