नबिल बैंकद्वारा ‘नबिल दशैं धमाका’ अफर जारी

नबिल बैंकद्वारा ‘नबिल दशैं धमाका’ अफर जारी


नेपालीहरुको महान चार्ड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशैं धमाका अफर” ल्याएको छ। यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन्। नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम रु ३०० सम्म क्यासब्याक पाउन सक्नेछन्। 

यो अफर घटस्थापनाको दिन लागू हुनेछ। त्यस्तै किरानामा १५ प्रतिशत छुट वा अधिकतम रु १५०० सम्म क्यासब्याक पाउन सक्नेछन्। किराना पसलमा यो अफर अक्टोबर ४ देखि अक्टोबर ११ सम्म लागू हुनेछ। दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम रु ५०० रुपैंयाँसम्म पाउन सक्नेछन्।

यस अफरमार्फत नबिल बैंकले आफ्ना ग्राहकवर्गहरुमा दशैंको उपलक्ष्यमा नयाँ हर्ष ल्याउन खोजेको छ। यस अफरको लाभ लिनका लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकका नजिकको शाखामा गई खाता खोलेर ग्राहकहरुले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याकको अफर लिएर ढुक्क हुन सक्ने बैंकले जनाएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकका १३५ शाखा, १८५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ। यो बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ।

Logo