केएल टावरको “टिभिएस रमाइलो दसैँ तिहार योजना”मा उपहारै उपहार

केएल टावरको “टिभिएस रमाइलो दसैँ तिहार योजना”मा उपहारै उपहार


केएल टावरले दसैं तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दसैं तिहार’ हरेक हप्ता उपहारै उपहार योजना सुरु गरेको छ । योजनाअन्तरगत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् ।  

केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैंया बराबरको सपिङ भौचरका साथै अन्य आकर्षक उपहार उपलब्ध गराइने छ ।

१ हजार रुपैयाँ वा सो भन्दा माथिको सामान खरिद गर्दा साप्ताहिक रुपमा सिजी ब्राण्डका होम अप्लाइन्सेज, टिभी, फ्रिज, रेफ्रिजिरेटर, वासिङ मेसिन, आइरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइने टावर व्यवस्थापनले जनाएको छ । 

बम्पर प्राइजमा एक जनालाई टिभिएस अपाचे आरटिआर १६० २ भि वितरण गरिने उपहार योजनाका संयोजक हिरामणि तिमिल्सिनाले बताए । असोज १९ गतेदेखि सुरु भएको योजना कात्तिक ३० गतेसम्म लागू हुने तिमिल्सिनाले जानकारी दिए ।  

एक हजार रुपैयाँ बराबरको सामान खरिद गरेपछि उपभोक्तालाई कुपन उपलब्ध गराइने र सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ ।

साथै केएल टावरमा घटस्थापनादेखि सिनेमाहलहरु समेत खुलेका छन् । सिनेमा हलहरु खुलेको र दसैँ लागिसकेका कारण केएल टावरमा अहिले सपिङ्ग गर्नेहरुको चहलपहल समेत बढेको छ । कोभिडका कारण लामो समयदेखि बन्द जस्तै अवस्थामा रहेका  सपिङ्ग मलहरु दसैं नजिकिएसँगै विभिन्न अफरका साथ संचालनमा आउन थालेका छन् । 

टावरमा पचास वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्युव सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका पसल सञ्चालनमा छन् ।
 

Logo