नबिल बैंकले ल्यायो “नयाँ लुगा” नामको संदेशमूलक दशैं भिडियो

नबिल बैंकले ल्यायो “नयाँ लुगा” नामको संदेशमूलक दशैं भिडियो


नबिल बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि “नयाँ लुगा” नामक दशैंको भिडियो सार्वजनिक गरेको छ।

यस नयाँ भिडियो नेपालीहरुको महान चार्ड दशैं मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाउँ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीहरुको आत्मकथा पनि हो। 

भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन्, घरबाट छोरीको फोन आउँदछ, दशंैमा नयाँ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशंै किनमेल गरेर गाउँ फर्किन्छन् । फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनी खुशीको लागि उनी रातभरी हिंडेर गाउँ पुग्दछन्। यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ। 

घर पुग्दा छोरी, आमा अनी छोरीको साथीसमेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन् र अब जागिर खान शहर जाने होइन, गाउँमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ। 

यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आफ्नो परिवारसँग भेटि सुरक्षित साथ खुशी साटासाट गरौं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ।

भिडियो हेर्न लिंकहरुमा जानुहोस्ः

 

Logo