डिशहोम फाइबरनेट सेवा भरतपुर र गैंडाकोटमा विस्तार

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैंडाकोटमा विस्तार


देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरि सकेको छ। नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा पुगेको जानकारी बिक्रि प्रबन्धक मनोज शर्माले दिएका छन्। 

नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, वीरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवा पनौती, पोखरा र विराटनगर  लगायत अन्य स्थानमा पुगिसकेको छ। छिटै नेपालगञ्ज र धनगढीमा पनि पुग्दैछ । 

अव ग्राहकहरुलाई उत्कृष्ट तथा उच्चगतिको इन्टरनेट सवैभन्दा कम मूल्यमा डिशहोम फाइबरनेटले प्रदान गर्ने भएको छ। ग्राहकहरुले मासिक मात्र रु ८९९ मा नै १०० एमबिपिएस इन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सकिनेछ। 

अहिले नेपालीहरुको घर आँगनमा चाड पर्वको मौसम छाइसकेको छ, यो रमाइलो पर्वको मौसममा थप खुशीयाली र उत्साह थप्न डिशहोम फाईवरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ।

असोज ११ गतेदेखि लागू हुने यो योजना अन्तरगत डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउनेछन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिनेछ। लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ। 

Logo