अधिकांश वाणिज्य बैंकहरुले बढाए व्याजदर, कुन बैंकको कति बढ्याे?

अधिकांश वाणिज्य बैंकहरुले बढाए व्याजदर, कुन बैंकको कति बढ्याे?


नेपालका वाणिज्य बैंकहरुमा तरलता अभावका कारण बैंकहरु ब्याजदर बढाउन थालेका छन्। बैंकमा रकम अभावका कारण अहिले वाणिज्य बैंकहरुले ११ प्रतिशतभन्दा बढी मुद्दति निक्षेपमा अफर गरेका छन्। बैंकहरुले अस्वभाविक रुपमा बढाएको ऋणका कारण तरलता अभाव भएर ब्याज बढाउनु परेको हो। असोज महिनाको तुलनामा धेरै जसो वाणिज्य बैंकहरुले कात्तिक महिनाको निक्षेपमा ब्याज बढाएका छन्। कुन बैंकको कति ब्याजदर ?

कृषि विकास बैंक
कृषि विकास बैंकले कात्तिकदेखि लागू हुने गरी १ वर्षे अवधिको मुद्दति निक्षेपमा १.७५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ। यसअघि ७.२५ प्रतिशत ब्याजदर दिइरहेको बैंकले कात्तिकदेखि उक्त अवधिको मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याजदर दिने भएको छ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकको असोज महिलाको मुद्दति ब्याजदर ८ प्रतिशत थियो तर, कात्तिक महिनामा एकवर्षको मुद्दती निक्षेपमा ९.२६ प्रतिशत ब्याजदर दिएको छ। बचतमा भने ४.७६ देखि ६.०६ प्रतिशत ब्याजदर दिने सिटिजन्स बैंकले जनाएको छ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले ब्याजदर परिवर्तत गरेको छैन। उसले एकवर्षको मुद्दती निक्षेपमा ८ प्रतिशत ब्याजदर दिनेछ भने बचतमा ३.६१ देखि ४ प्रतिशत ब्याजदर दिने जनाएकाे छ।

एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंक अन्य बैंकको तुलनामा ब्याजदर बढाउने बैंकमा अगाडि आउँछ। एनआइसी एसिया बैंकले कात्तिक महिनामा एक वर्षे मुद्दति निक्षेपमा ११.१० प्रतिशत ब्याजदर दिने भएको छ। यस्तै साधारण बचतमा ६.१० प्रतिशतदेखि ८.१० प्रतिशतसम्म ब्याजदर ताेकेको छ।

मेगा बैंक
मेगा बैंकले भने ब्याजदर घटाएको छ। मेगाले एकवर्ष मुद्दती निक्षेपमा ८.७७ प्रतिशत ब्याजदर दिने छ । उसको असोज महिनामा ९ प्रतिशत ब्याजदर थियो। बचतमा ४.७७ देखि ५.७७ प्रतिशत ब्याज दिनेछ।

हिमालयन बैंक
हिमालयन बैंककाे ब्याजदर मुद्दतीमा १०.५० प्रतिशत रहेको छ । बचतमा ६.७७ देखि ७.६७ सम्म ब्याजदर दिने घोषणा गरेको छ। असोज महिनामा हिमालयन बैंकको ब्याजदर ८.५० मुद्दतीमा र बचतमा ४.१५ देखि ६.१५ रहेको थियो।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले ११.०५ मुद्दतीमा दिनेछ भने साधारण बचतमा ६.०५ देखि ६.२५ ब्याजदरसम्म दिनेछ। असोज महिनामा उसको ब्यादर मुद्दतिमा ८.५ प्रतिशत रहेको थियो । बचतमा ४ देखि ६ प्रतिशत ब्याजदरसम्म दिएको थियो।

एनबी बैंक
एनबी बैंकले असोजको तुलनामा कात्तिक महिनामा १.२१ प्रतिशतले वृद्धि गरेको छ। असोज महिनामा ८.७६ प्रतिशत रहेको थियो भने कात्तिकमा १०.२८ प्रतिशत एक वर्षको मुद्दती निक्षेपमा ब्याजदर दिनेछ। यस्तै बचतमा ५.२८ प्रतिशत दिनेछ। उसको असोजको बचतमा ३.६० प्रतिशत ब्याजदर रहेको थियो।

एनसीसी बैंक
एनसीसी बैंकले मुद्दती ब्याजदरमा १० प्रतिशतभन्दा माथि पुर्‍याएको छ। त्यस्तै साधारण बचतमा ५.५५ देखि ६ प्रतिशतसम्म ब्याज दिनेछ। उसको असोज महिनामा मुद्दती निक्षेपमा ९.२६ प्रतिशत ब्याजदर रहेको थियो।

एसबिआई बैंक
एसबिआई बैंकले एकवर्षे मुद्दती निक्षेपमा ब्याजदर ७.०६ प्रतिशत पुर्याएको छ। असोज महिनामा ६.५५ प्रतिशत थियो।

सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी बैंकको असोज महिनामा ८.५० प्रतिशत मुद्दती निक्षेपमा दिएको थियो भने कात्तिकमा ९.७५ प्रतिशत ब्याजदर मुद्दतीमा तथा बचतमा ५.२५ देखि ७.२५ प्रतिशत ब्याजदर दिने जनाएको छ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले पनि ब्याजदर १० प्रतिशतभन्दा बढी पुर्याएको छ। सिद्धार्थ बैंकले एकवर्षको मुद्दती निक्षेपमा १०.३ प्रतिशत ब्याजदर दिनेछ। असोज महिनामा ८.७५ प्रतिशत ब्याजदर दिएको थियो।

सनराइज बैंक
सनराइज बैंकले असोज महिनामा नै ब्याजदर १० प्रतिशतभन्दा माथि लगेको थियो। कात्तिक महिनामा भने सनराइज बैंकले ब्याजदर घटाएको छ। सनराइज बैंकले एकवर्षको मुद्दती निक्षेपमा ८.५० प्रतिशत ब्याजदर दिनेछ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले मुद्दती निक्षेपको ब्याजदर ९.५० प्रतिशत पुर्याएको छ । बचतमा ५ देखि ६.२५ प्रतिशतसम्म नयाँ ब्याजदर रहेको छ।

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूको असोज महिनामा ८.२७ प्रतिशत रहेको थियो । उसले त्यो दरलाई बढाएर ९.५७ प्रतिशत पुर्‍याएको छ।

ग्लोबल आइएमई
ग्लोबल आइएमई बैंकले मुद्दतीमा ९.५० प्रतिशत दिनेछ। त्यस्तै बचतमा ४.५० प्रतिशत ब्याजदर रहेको छ। असोज महिनामा मुद्दती निक्षेपको ब्याजदर ८.९० प्रतिशत थियो।

प्राइम बैंक
प्राइम बैंकले कात्तिक महिनामा ०.२५ प्रतिशत वृद्धि गरेर ९.२५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिने भएको छ। उसको असोज महिनामा ९ प्रतिशत ब्याजदर रहेको थियो।

कुमारी बैंक
कुमारी बैंकले ९.८१ प्रतिशत मुद्दती निक्षेपमा ब्याजदर दिने भएको छ। असोज महिनामा कुमारी बैंकको ८.१५ प्रतिशत रहेको थियो।

प्रभु बैंक
प्रभु बैंकले १ वर्षे मुद्दति निक्षेपको ब्याजदर ८.२५ प्रतिशत कायम गरेको छ। 

एनएमबि बैंक
एनएमबि बैंकले ९.५७ प्रतिशत ब्याजदर एकवर्षको मुद्दती निक्षेपमा दिनेछ। असोज महिनामा ९ प्रतिशत थियो।

सिभिल बैंक
सिभिल बैंकले ब्याजदर १० प्रतिशत बनाएको छ। सिभिल बैंकले एकवर्षे मुद्दती निक्षेपमा १०.११ प्रतिशत ब्याजदर दिनेछ। असोज महिनामा ८.०५ प्रतिशत ब्याजदर रहेको थियो।

सानिमा बैंक
सानिमा बैंकले कात्तिकदेखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर घटाएको छ। बैंकले मुद्दति निक्षेपमा १.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको हो। यसअघि मुद्दति निक्षेपमा ९.५१ प्रतिशतसम्म ब्याज दिइरहेको बैंकले यसलाई घटाएर ८.०१ प्रतिशत कायम गरेको हो।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम गरेको छ।

नबिल बैंक
नबिल बैंकले एकवर्षको मुद्दती निक्षेपमा ८.७६ प्रतिशत ब्याजदर दिनेछ। असोज महिनामा ८.०१ प्रतिशत थियो।

स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकले असोज र कात्तिक महिनाको ब्याजदरमा कुनै परिवर्तन गरेको छैन। एक वर्षे मुद्दति निक्षेपमा ७.५० प्रतिशत ब्याजदर दिनेछ।

नेपाल बैंक
नेपाल बैंकले पनि मुद्दति निक्षेपमा दिने ब्याजदरमा कुनै परिवर्तन गरेको छैन। बैंकले एक वर्षे अवधिको मुद्दति निक्षेपमा ८.०५ प्रतिशत ब्याजदर दिँदै आएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले असोज महिनाको तुलनामा कात्तिक महिनामा ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन।

Logo