नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन, बोनस सेयरमा वृद्धि

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन, बोनस सेयरमा वृद्धि


नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्वघोषित लाभांश संशोधन गरिएको छ। बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हो।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले अब गत वर्षको नाफाबाट १२ दशमलव ६११ प्रतिशत बोनस सेयर र तीन दशमलव ३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियाे। यसअघि बैंकले ११ दशमलव २४ प्रतिशत बोनस सेयर र चार दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। 

अब बैंकले दुई अर्ब पाँच करोड दुई लाख ११ हजार आठ सय २३ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ। ५५ करोड ९ लाख ६० हजार आठ सय ९७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित लाभांश राष्ट्र बैंकको अनुमोदन तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन्।

Logo