माछापुच्छ्रे बैंकको १३.३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माछापुच्छ्रे बैंकको १३.३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


आज बिहीबार माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ ७ कात्तिकमा बुक क्लोज गर्दैछ । माछापुच्छ्रे बैंकले २६ कात्तिकमा २३औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

सभाले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनसम्बन्धी कामको अख्तियारी सञ्चालक समितिलाई दिने, सञ्चालक समितिको रिक्त पदमा नियुक्ति लगायतको एजेण्डा छन् । न्युज कारखाना ‍‍

Logo