यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर

यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर


नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५३ पैसा र बिक्री दर १२० रुपैयाँ १३ पैसा कायम गरेको छ। 

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २३ पैसा र बिक्री दर ८९ रुपैयाँ ६८ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ १८ पैसा छ। 

यसैगरी, युरोपियन यूरो आज एकको खरिद दर १३९ रुपैयाँ २४ पैसा र बिक्री दर १३९ रुपैयाँ ९४ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ४८ पैसा र बिक्री दर १६५ रुपैयाँ ३० पैसा छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ४९ पैसा र बिक्री दर १३१ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७२ पैसा र बिक्री दर १८ रुपैयाँ ८१ पैसा छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्री दर १० रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

यस्तै, कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ रुपैयाँ रहेको छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८७ पैसा र बिक्री दर ३२ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।  

Logo