हिरो एक्सपल्स-२०० काे लोकप्रियता बढ्दै, १४१ प्रतिशतले बजार बढ्यो

हिरो एक्सपल्स-२०० काे लोकप्रियता बढ्दै, १४१ प्रतिशतले बजार बढ्यो


इन्ट्रि लेभलको एड्भेन्चर टुरिङ मोटरसाइकल हिरो एक्सपल्स अहिले यो सेग्मेन्टमै सर्बाधिक लोकप्रिय बनेकाे छ। भारतीय बजारमा तिब्र गतिमा विस्तार भैरहेको यो मोटरसाइकल नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ। 

अघिल्लो वर्षको सेप्टेम्बर महिनामा भारतीय बजारमा १ हजार ३९८ युनिट बिक्री भएको यो बाइक यसै वर्षको सोही महिनामा भने ३ हजार ३ सय ७५ युनिट बिक्री भएको छ। जुन १४१ प्रतिशतले बढी हो।

यसको मूल्य भारतमा १ लाख २३ हजार भारतीय रुपैयाँ कायम गरिएको छ। नेपाली बजारमा  भने ४ लाख २ हजार पर्नेछ। यो मूल्यमा अन्य ब्रान्डसँग एड्भेन्चर बाइक उपलब्ध नभएका कारण पनि एक्सपल्सलाई बजार लिन सजिलो भएको हो।

२ सय सीसी क्षमताको एयर कुल्ड, फोर स्ट्रोक, २ भल्भ र सिंगल सिलिन्डर इन्जिन जडान गरिएको यसको अधिकतम पावर १८.४ पिएस र टर्क १७.१ एनएम रहेको छ। ट्युब्लर डायमन्ड फ्रेममा उत्पादन गरिएको यसको अगाडि टेलिस्कोपिक फर्क र पछाडी एड्जस्ट गर्न मिल्ने मोनोसक सस्पेनसन उपलब्ध गरिएको छ। 

डुअल डिस्क ब्रेक जडान गरिएको एक्सपल्सलाई थप सुरक्षित बनाउन सिंगल च्यानल एबिएस दिइएको छ। एलसिडी इन्स्ट्रुमेन्ट प्यानल दिइएको यो बाइकमा जडान गरिएको लाइटहरु पूर्णत एलइडी हो। यो बाइकमा स्मार्ट फोन इनेबल्ड नेभिगेसनसमेत दिइएको छ।

भारतीय बजारमा जस्तै एक्सपल्सले नेपाली राइडरमाझ समेत राम्रो प्रभाव पार्दै लगेको छ। नेपालमा हिरोको खस्किंदो बजारलाई गति दिन एक्सपल्स २०० ले अहम भूमिका निर्बाह गरेको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले दाबी गरेकाे छ।

Logo