स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन


स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन छ। लघुवित्तले साधारणसभा प्रयोजनका लागि १२ कात्तिकदेखि २७ गते सम्म बुक क्लोज गर्दैछ। 

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न २७ कात्तिकमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे साधारणसभा बोलाएको छ। वार्षिक साधारणसभा आह्वान गरेको छ। यसर्थ, आज बिहीबारसम्म कायम सेयरधनीले बोनस सेयर सुरक्षित गर्न सक्नेछन्। 

सभामा कम्पनीले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव रहेको छ। सभामा अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ।

यता, अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ। सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने लगायतका प्रस्ताव छन्। 

Logo