नेप्से परिसूचक दोहोरो अंकले बृद्धि, कारोबार रकममा भने गिरावट

नेप्से परिसूचक दोहोरो अंकले बृद्धि, कारोबार रकममा भने गिरावट


शेयर बजार मापक नेप्से परिसूचक साताको अन्तिम दिन दोहोरो अंकले बृद्धि भएको छ।  

कारोबारको सुरुवातमा केही अंकले गिरावट आएको नेप्से दिनभरी उतारचढाबका बिच बजार १३.०४ अंकले बढेर २ हजार ७८२.१६ अंकमा पुगेको छ। बुधबार नेप्से परिसूचक १८.०६ अंकले बढेको थियो। यो हप्ता नेप्से परिसूचक निरन्तररुपमा बढेको छ। 

बिहीबार कारोबारमा आएका २२२ कम्पनीको ९२ लाख ३६ हजार ६१३ कित्ता शेयर ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ रुपैयाँको किनबेच भएको छ। आज कारोबार रकममा भने बुधबारको तुलनामा केही कमी आएको छ।

नेप्से परिसूचकका १३ उपसमूहहरू मध्ये बैंकिङ समूहको उपसूचक ७.९५, होटल तथा टुरिजम ३८.०४, ट्रेडिङ ९.६, उत्पादन तथा प्रशोधन ५१.४७, जीवन बीमा समूहको उपसूचक ८७.६८ अंकले घटेको छ। 

तर, आज विकास बैंक ५०.५७, जलविद्युत ६५.४४, फाइनान्स १३.४२, माइक्रोफाइनान्स समूहको उपसूचक १३०.४२ अंकले बढेको छ।

आज सबैभन्दा बढी रिडी हाइड्रो पावर कम्पनी, मनकामना स्मार्ट लद्युवित्त, हिमाल पावर र जीवन विकास लद्युवित्त कम्पनीको शेयर बढेको छ भने एभरेष्ट इन्स्योरेन्स, गुराँश लाइफ इन्स्योरेन्सको शेयर घटेको छ।

Logo