अन्नबालीकाे बीउ किन्ने भेरी अब निर्याततिर, नगरपालिकाले थाल्याे धानदेखि आलुकाे बीउ उत्पादन

अन्नबालीकाे बीउ किन्ने भेरी अब निर्याततिर, नगरपालिकाले थाल्याे धानदेखि आलुकाे बीउ उत्पादन


वर्षेनि बाहिरी जिल्लाबाट बीउ खरिद गरेर ल्याउने यहाँका किसान अब जिल्लाभित्रकै उत्पादन पाउने भएका छन्। भेरी नगरपालिकाको कृषि शाखाले बीउ उत्पादन गरी आफ्ना पालिकासहित अन्य पालिकामा बिक्री गर्न थालेको छ। धान, गहुँ, मकै र प्याजको बीउ उत्पादन गरी अन्य पालिकामा बिक्री गरिरहेको कृषि शाखाका यज्ञ अधिकारीले जानकारी दिए। 

गहुँको मुल बीउ कृषि अनुसन्धान केन्द्र दशरथपुर सुर्खेतबाट खरिद गरी भेरी नगरपालिका १, ३ र १० मा लगाइ त्यहाँबाट उन्नत जातको बीउ उत्पादन गरी जाजरकोटका कृषकलाई वितरण थालिएको छ। मागमा आधारित बीउ कृषकलाई उपलब्ध गराएको छ। पहिलो वर्ष भएकाले माग पूर्ति गर्न नसकेको अधिकारीले बताए। 

१०० क्वीन्टल डब्लु के १२०४ जातको गहुँको बीउ उत्पादन गरी वितरण गरिएको हो। १४ हेक्टर क्षेत्रफलमा लगाएको सुक्खा ३ र सुक्खा ६ को धानको बीउ ३६० क्वीन्टल उत्पादन भएको छ। ठाउँ ठाउँमा बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएको समयमा भेरी नगरपालिकाले लगाएको धानको बीउमा भने सुरक्षित छ।  

भेरी नगरपालिकाले मकैको बीउसमेत उत्पादन गरेको छ। मुल बीउ दैलेखको किमुगाउँबाट ल्याएर भेरी नगरपालिकाक-७ रुपाकोटमा लगाउदा ७० क्वीन्टल उन्नतजातको देउती मकैको बीउ उत्पादन भएको छ। सुर्खेतको दशरथपुरबाट मनकामना ३ को मुल बीउ ल्याएर भेरी नगरपालिका-८ बुरुङ्गेमा १२ हेक्टरमा लगाउदा ४० क्वीन्टल बीउ उत्पादन भएको छ। भेरी २,६ मा ३ रोपनी जग्गामा रुकुम पश्चिको चाफाबाट मुल बीउ ल्याएर उन्नतजातको प्याजको बीउ उत्पादन भइरहेको कृषि शाखाले बताएको छ। 

यो वर्ष मात्र ६० केजी बीउ उत्पादन भएको बताएको छ। सिमी र मुला र आलु बीउ भेरी नगरपालिका २ र ६ मा उत्पादन जारी रहेको छ। पहिलो चरणमा २० क्वीन्टल उत्पादन भइसकेको छ। भेरी नगरपालिकाबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिका, जाजरकोटको भेरी नगरपालिका, शिवालय गाउँपालिकाले गहुँको बीउ खरिद गरेर लिएका छन्।  माग उच्च भएपनि आफूहरुले पुर्‍याउन नसकेको र अर्को वर्ष व्यापक उत्पादनको तयारीमा रहेको कृषि शाखाले बताएको छ। 

 वर्षेन‍ि बीउमा मात्र लाखाैं रुपैयाँ खर्च गर्दै आएका जाजरकोटका पालिकाले अब आफैं आत्मनिर्भर भइ बाहिर जिल्लामा समेत निर्यात गर्दा अर्थआर्जन मात्र होइन, जिल्लामा कृषि प्रर्णालीसमेत बलियो हुँदै गएको विश्लेषण गर्न थालिएको छ। ७५ प्रतिशत अनुदानमा कृषकलाई बीउ वितरणको काम जारी रहेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए। जाजरकोटको तरकारीहरु नेपालगन्ज, सर्खेतमा समेत पुग्न थालेको छ।  

नलगाड नगरपालिकाले प्याज, लसुन उत्पादनलाइ जोड दिएको छ। माटो जाँच गरी माटो सुहाउँदो बीउ लगाएर कृषिकाे उत्पादनमा जाेड दिइएकाे नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए। 

Logo