चौधरीका संघर्षका कथा: काम गर्छु भन्दा सरकारले ऋण पत्याएन, सुझाव दिने पनि काेही भएन

चौधरीका संघर्षका कथा: काम गर्छु भन्दा सरकारले ऋण पत्याएन, सुझाव दिने पनि काेही भएन


सुर्खेत वीरेन्द्रनगरमा रहेको गाटिकाँडा थारु होमस्टे। सहरको कोलाहल वातावरणबाट केही पर। खेतका हरिया आली गह्राहरु। निकै सुन्दर र मनमोहक देखिने ठाउँहरुमा एकैछिन सहरको कोलाहल वातावरणबाट शान्त ठाउँमा बस्नलाई पनि आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ।  

करिब तीन करोडको व्यक्तिगत लगानीमा बन्दै गरेको होमस्टे निर्माण सम्पन्न नहुँदै दिनमा एक हजारदेखि पन्ध्र सयसम्म आन्तरिक पर्यटक पुग्ने गरेको होमस्टेका सञ्चालक पूर्ण चौधरी बताउँछन्। 

उमेरले ३५ वर्ष पुगेका चौधरीले करिब दुई बिघा जमिनमा थारु होमस्टे सञ्चाल गरेका छन्। होमस्टे करिब तीन करोडको लागतमा बन्दै गरेको छ।

होमस्टेभित्रै पानीको फोहोरा, कृत्रिम झर्ना, वाटरसलाइट, डुंगा स्विमिङ पुल, थारु संग्रहालय चिल्डेन पार्क, फन पार्क, भ्युटावरलगायतका संरचना बन्नेछन्। होमस्टेभित्र बाहिरबाट आउनेलाई पार्क छेउमा परिवारसहित आफूलाई मन परेको खाना आफैंले बनाएर खाने व्यवस्था पनि हुने चौधरीको भनाइ छ। 

नेपाली भूमिमै बसेर केही गरौँ भन्ने व्यक्तिलाई सरकारको साथ नरहेको उनको गुनासो छ। करिब १० करोड ऋण दिएर ५० प्रतिशत सरकारलाई तिर्छु भन्दा पनि सरकारले आफूलाई नपत्याएको उनले गुनासो गरे।

होमस्टेभित्र निर्माण कार्य सम्पन्न नहुँदै बिदाको दिन मात्र दुई हजारजना भन्दा धेरै आउने गरेको सञ्चालक चौधरी बताउँछन्। ‘होमस्टेभित्र बन्ने संरचना पूरा भएका छैनन्, करिब चालिस प्रतिशत मात्र सम्पन्न भएको छ,’ उनले भने, ‘बिदाको दिनमा दुई हजारभन्दा धेरै आउँछन् र अघिपछि साँझविहान पाँच सात सय आउँछन्। निर्माण कार्य पूरा नहुँदै बाहिरबाट थुप्रै आउँछन्, राम्रो सुझाव दिएर जान्छन् त्यहीअनुसार सुझाव मनन गर्दै पनि आएको छु।’ 

होमस्टेमा आठ सयले रोजगारी पाएको उनले बताए। 

Logo