महुली लघुवित्तको २६ प्रतिशत बोनस सेयर घोषणा

महुली लघुवित्तको २६ प्रतिशत बोनस सेयर घोषणा


महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको शनिवार बसेको सञ्चालक समितिको बैठकले २६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँको २६ प्रतिशत अर्थात् ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बराबर बोनस सेयर प्रस्ताव गरेको हो।

हाल चुक्ता पुँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको लघुवित्तको प्रस्तावित बोनस वितरणपछि लघुवित्तको चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार रुपैयाँ पुग्नेछ।

Logo