नेप्से परिसूचक दोहोरो अंकले बृद्धि, कारोबार रकममा भने गिरावट

नेप्से परिसूचक दोहोरो अंकले बृद्धि, कारोबार रकममा भने गिरावट


शेयर बजार मापक नेप्से परिसूचक तेस्रो कारोबार दिन मंगलबार दोहोरो अंकले बृद्धि भएको छ।  

कारोबारको सुरुवातमा केही अंकले गिरावट आएको नेप्से २३.७६ अंकले बढेर २ हजार ८४३.६२ अंकमा पुगेको छ। सोमबार नेप्से परिसूचक  १७ दशमलव ७५ अंकले घटेको थियो। साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो ।

सोमबार कारोबारमा आएका २३० कम्पनीको ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८८८ रुपैयाँ ३८ पैसाको किनबेच भएको छ। आज कारोबार रकममा भने सोमबारको तुलनामा केही कमी आएको छ।

नेप्से परिसूचकका १३ उपसमूहहरू मध्ये बैंकिङ, इन्भेस्टमेन्ट र ट्रेडिङ बाहेकका सम्पूर्ण समूहहरू बढेका छन् ।

आज सबैभन्दा बढी साहास ऊर्जा, गुडविल फाइनान्स, एनआरआइसी को शेयर बढेको छ भने विशाल बजार कम्पनी, नेपाल बंगलादेश बैंक लगायतको शेयर घटेको छ।

Logo