भैरहवा–विराटनगर सिधा उडान सुरू हुँदै, सौर्य एयरलाइन्सले अब दैनिक उडान भर्ने

भैरहवा–विराटनगर सिधा उडान सुरू हुँदै, सौर्य एयरलाइन्सले अब दैनिक उडान भर्ने


सौर्य एयरलाइन्सले भैरहवा–विराटनगर–भैरहवा सिधा उडान गर्ने भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक सौर्य एयरलाइन्सले २२ कात्तिकदेखि प्रदेश ५ र प्रदेश १ लाई जोड्ने गरी दैनिक उडान गर्न लागेको हो ।

आठ वर्षदेखि सेवा दिँदै आएको एयरलाइन्सले ५० सिट क्षमताको जेट विमानबाट दुई औद्योगिक क्षेत्रलाई जोड्न दैनिक उडान गर्न लागेको सौर्य एयरलाइन्स भैरहवाका स्टेसन म्यानेजर जितेन्द्र यादवले बताए । हालसम्म कुनै पनि एयरलाइन्सले विराटनगरबाट भैरहवाको सिधा उडान गरेको छैनन् । एयरलाइन्सले हाल नौ वटा स्थानमा उडान गर्दै आएको छ । भैरहवा–विराटनगर थपिएसँगै अब दैनिक उडान संख्या १० पुगेको छ । तीन वटा जेट विमानबाट सेवा दिँदै आएको एयरलाइन्सले अरू भन्दा सहुलियत, सुरक्षित र अन टाइम उडान गर्ने दाबी गरेको छ । जहाजलाई गन्तव्यमा पुग्न ५३ मिनेट लाग्ने एयरलाइन्सले जानकारी दिएको छ ।

सौर्यले ६ हजारमा दैनिक भैरहवाबाट दिउँसो ३ बजेर ४५ मिनेटमा विराटनगर उड्ने र विराटनगरबाट साँझ ५ बजेर १० मिनेटमा भैरहवा फर्केनछ । कम्पनीले अहिले विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा दैनिक उडान गरिरहेको छ । चाडै नै नेपालगन्ज र राजविराजको उडान पनि थाल्ने कम्पनीले जनाएको छ ।  न्युज कारखाना

Skip This
Logo