1
1
1
1

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

1
1
1
1
1
1

नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ८४ पैसा र बिक्री दर ११९ रुपैयाँ ४४ पैसा कायम गरेको छ । 

युरोपियन यूरो एकको खरिद दर १३७ रुपैयाँ ४७ पैसा र बिक्री दर १३८ रुपैयाँ १६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ४० पैसा र बिक्री दर १६१ रुपैयाँ २१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २६ पैसा र बिक्री दर १३० रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९७ पैसा र बिक्री दर ८८ रुपैयाँ ४१ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ८४ पैसा छ । 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४८ पैसा र बिक्री दर १० रुपैयाँ ५३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५७ पैसा र बिक्री दर १८ रुपैयाँ ६७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ । 

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६८ पैसा र बिक्री दर ३१ रुपैयाँ ८४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ६३ पैसा र बिक्री दर ३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७१ पैसा रहेको छ ।   

अर्थ संसार

प्रकाशित: २२ कात्तिक २०७८ १२:४४ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी