यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरीद दर अधिकतम ११८ रुपैयाँ १६ पैसा र बिक्री दर ११८ रुपैयाँ ७६ पैसा कायम गरेको छ। 

यसैगरी, बुधबार युरोपियन यूरो आज एकको खरीद दर १३७ रुपैयाँ ०४ पैसा र बिक्री दर १३७ रुपैयाँ ७३ पैसा रहेको छ। यूके पाउन्ड स्टलिङ एकको खरीद दर १६० रुपैयाँ ६९ पैसा र बिक्री दर १६१ रुपैयाँ ५० पैसा रहेको छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरीद दर १९ रुपैयाँ ४७ पैसा र बिक्री दर १३० रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरीद दर ८७ रुपैयाँ ७३ पैसा र बिक्री दर ८८ रुपैयाँ १७ पैसा रहेको छ। आज क्यानडियन डलर एकको खरीद दर ९५ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५१ पैसा रहेको छ। 

जापानी येन आज १० को खरीद दर नेपाली १० रुपैयाँ ४७ पैसा र विक्री दर १० रुपैयाँ ५२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरीद दर १८ रुपैयाँ ४९ पैसा र बिक्री दर १८ रुपैयाँ ५८ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ। 

यस्तै, आज साउदी अरेबियन रियाल एकको खरीद दर ३१ रुपैयाँ ५० पैसा र विक्री दर ३१ रुपैयाँ ६६ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरीद दर ३२ रुपैयाँ ४५ पैसा र बिक्री दर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। त्यस्तै, मलेसियन रिंगेट एकको खरीद दर २८ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६२ पैसा रहेको छ।  

Logo