२ जेठ २०७९ सोमबार
1
1
1
1

४ सयले बढ्याे सुनको मूल्य, कतिमा काराेबार हुँदै?

1
1
1
1
1
1

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ४ सयले बढेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको थियाे। यस्तै बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएकोमा बिहीबार भने १३ सयले बढेकाे थियाे। 

बिहीबार ९४ हजारमा काराेबार भएकाे सुन आज ९४ हजार ४ सयमा काराेबार भइरहेकाे छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ। 

यता चाँदीको मूल्यमा पनि वृद्धि भएकाे छ। आज चाँदीको मूल्य प्रतितोला १५ रूपैंयाँले बढ्दै एक हजार २८५ रुपैयाँ कायम भएको छ। 

बजार अर्थ संसार

प्रकाशित: २६ कात्तिक २०७८ ११:४६ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी