भृकुटीमण्डपमा छालाका जुत्ता चप्पल मेला सुरु (भिडियोसहित)

भृकुटीमण्डपमा छालाका जुत्ता चप्पल मेला सुरु (भिडियोसहित)


फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी सुरु भएको छ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यापारीक प्रदर्शनीको उद्घाटन गरे । जुत्ता उद्योगी स्वयंले नै स्टल राखेका कारण प्रदर्शनीमा बजारमा भन्दा सस्तोदरमा जुत्ता पाइने आयोजकले दाबी गरेको छ। 

प्रदर्शनीको उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले भर्खरै कोरोनाको कहरबाट अर्थतन्त्र पूर्वपत् अवस्थामा फर्कदै गर्दा बैंक तथा वित्तिय संस्थामा देखिएको तरलताको अभावले अर्थतन्त्र पुनः डामाडोल हुने हो की भन्ने आशंका रहेको बताए। यो समस्याको समाधानको उपाय समयमा खोज्न नसके उठ्न थालेका उद्योग कहिले पनि उठ्न नसक्ने गरि ढल्ने खतरा रहेको बताए। उनले हाल बैकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या समाधान गर्न सरकारलाई अनुरोधसमेत गरे।

यस्तै, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्रको व्यापारघाटा कम गर्न सकेसम्म निर्यातलाई बढाउन पर्ने बताए। प्रदर्शनी कार्तिक २६ गतेदेखि मंसिर १३ गतेसम्म  सञ्चालन हुनेछ। अवलोकनकर्ताहरुलाई आकर्षित गर्न छाला जुत्ता तथा वस्तुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ। प्रदर्शनीमा नेपालका चर्चित ३० वटा कम्पनीका एक सय भन्दा धेरै स्टल राखिनेछन्। प्रदर्शनीमा करिब २ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ।

एशोसियसनले वर्षको दुई पटक काठमाडौंमा र हरेक प्रदेशमा बर्षमा एक पटक व्यापारी मेला आयोजना गर्दै आएको छ। एशोसिएसनले गत वर्षको माघ फागुनमा पनि मेला आयोजना गरेको थियो । तर, हरेक वर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनी भने विगत २ वर्षदेखि कोरोनाका कारण स्थगित गर्दै आएको छ।

 

Skip This
Logo