लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


लक्ष्मी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ संस्थाले ३० कात्तिकमा बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लघुवित्तले वितरण गर्ने लाभांश पाउने छन् ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १० मंसिरमा अग्रवाल भवन, कमलपोखरीमा दशौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभामा संस्थाको हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित सात दशमलव ३७ प्रतिशत नगद लाभांश गरी कुल २७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

साथै, अन्य कुनै वित्तीयलाई एक्वायर गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा छन् ।

Logo