यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ५४ पैसा र बिक्री दर ११९ रुपैयाँ १४ पैसा कायम गरेको छ । 

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ०७ पैसा र बिक्री दर १३४ रुपैयाँ ७५ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ १६ पैसा र बिक्री दर १५९ रुपैयाँ ९६ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ २७ पैसा र बिक्री दर १२७ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २९ पैसा र बिक्री दर ८६ रुपैयाँ ७२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ९४ रुपैयाँ ८० पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३२ पैसा र बिक्री दर १० रुपैयाँ ३८ पैसा छ भने चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ५८ पैसा र बिक्री दर १८ रुपैयाँ ६७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ । 

साउदी अरबियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ६० पैसा र बिक्री दर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ३९ पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ ।

Logo