नेपालमा भित्रियो फर्मा उन्नत प्रविधिको ट्याक्टर

नेपालमा भित्रियो फर्मा उन्नत प्रविधिको ट्याक्टर


नेपालमा यती टेक्निक फार्मा प्रालि (कृषि समूह)ले फर्मा उन्नत प्रविधिको ट्याक्टर भित्राएको छ । कम्पनीका अनुसार नेपालका लागि कृषि समूहले यो ट्याक्टरको आयात र बिक्री वितरण गर्नेछ ।

विश्वका विभिन्न देशमा निर्यात गर्ने तयारीका साथ युरोपेली प्रविधिमा निर्माण गरिएको यो ट्याक्टर भारतमा बनाइएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार ट्याक्टर २६ एचपीदेखि १०० एचपीसम्म उत्पादनको दायरामा छ भने दुई ह्विल ड्राइभ र ४ व्हिल ड्राइभ कन्फिगरेसन दुवैमा यो ट्याक्टर उपलब्ध छ । बलियो संरचना, प्रोजेक्टर हेड ल्याम्पजस्ता विशेषतायुक्त रहेको कम्पनीले दाबी गरेको छ । 

विशेषगरी कृषिमा समुदायको गुणस्तर सुधार गर्न उद्यम र उद्यमशीलतामा पहल गर्ने लक्ष्यका साथ साे ट्याक्टर नेपालमा ल्याइएकाे कम्पनीकाे दाबी छ। 

यस्तै कृषि समूहका अध्यक्ष तेज विक्रम थापाले कृषि समूह र यसको भगिनी सरोकार यति टेक्निक फार्मको ग्राहकहरूलाई निर्बाधरूपमा सेवा दिनका लागि नेपालभर बिक्री र सेवा आउटलेटहरूको बलियो नेटवर्क भएकाे बताए। 

कार्यक्रममा कार्यकारी निर्देशक कृष्ण जीसीले सबै अतिथिहरूलाई स्वागत गरेका थिए भने नाडा र अन्य संघसंस्थाका विभिन्न व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको क्रममा प्रि-बुकर ग्राहकलाई केही ट्याक्टरहरूको चाबी हस्तान्तरण गरिएकाे थियाे।

यस्ता छन् उत्पादन सुविधाहरू

१ वायु गतिकीय आकार
२ बलियो संरचना
३ प्रोजेक्टर हेड ल्याम्पहरू
४ पावर स्टीयरिङ
५ आर-पीटीओ
६ उच्च ग्राउन्ड क्लियरेन्स
७ उच्च टोक़

जडान गरिएको ट्याक्टर /आईओटी/टेलिमेटिक्स

१ स्थान चिन्ह लगाउने
२ लाइभ ट्र्याकिङ
३ जियो फेन्सिङ
४ वास्तविक भर्सेज सवारी साधनको आईडीएल अवस्था
५ इन्धन सूचक
६ इन्जिन चल्ने घण्टा · इग्निशन स्विच अनरअफ
७ सेवा रिमाइन्डर
८ फिल्टर चोकिङ
९ सुरु – ट्र्याक रोक्नुहोस् 
१० इन्जिन तापमान

Logo