पोखराका व्यवसायीमाझ पुगे नाडा अध्यक्ष उम्मेद्वार चौधरी

पोखराका व्यवसायीमाझ पुगे नाडा अध्यक्ष उम्मेद्वार चौधरी


नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको साधारण सभा र अधिवेशन नजिकिएसँगै नेतृत्वका आकांक्षीहरु अहिले देश दौडाहामा छन्। यसैक्रममा अध्यक्षका उम्मेद्वार करण चौधरी पोखराका व्यवसायीमाझ पुगेका छन्।

यस अघि पूर्वका शहरहरुमा कार्यक्रम सम्पन्न गरिसकेका भए पनि उनी पोखराका व्यवसायीमाझ भने पुगेका थिएनन्।

चौधरीले शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरी व्यवसायीसँग अन्तर्क्रिया कार्यक्रम गरेका छन्। उनी नाडामा अहिलेका अध्यक्ष कृष्णप्रसाद दुलाल र अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यसहित पोखरा पुगेका थिए। चौधरीलाई हाल नाडामा पदाधिकारी रहेका अधिकांश व्यवसायीले साथ दिएका छन्।

नाडाले मंसिर २२ र २३ गने काठमाडौंमा साधारणसभा आयोजना गरेकाे छ। साधारणसभासँगै आयोजना गरिने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने हुँदा अहिले अटोमोबाइल व्यवसायीमाझ चुनावी सरगर्मी बढेको हाे। 

नेतृत्वमा यसपाली पोखराबाट व्यवसाय शुरुवात गरेका धुब्र थापा र चौधरी ग्रुपका करण चौधरीबीच प्रतिस्पर्धा हुँदैछ।

विगतका अधिकांश नेतृत्व सर्वसम्मत चयन हुँदै आइरहेकोमा पछिल्ला केही वर्षयता निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ।

Logo