नेप्सेमा दोहोरो अंककाे गिरावट

नेप्सेमा दोहोरो अंककाे गिरावट


साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ ।

सुरुवाती समयदेखि नै सामान्य उतारचढाव देखिएको आजको बजार ११.६० अंकले घट्दै २७५७.५३ अंकमा पुगेर बन्द भएको छ भने  ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि घटेको छ । । सेन्सिटिभ इन्डेक्स ३.७५ अंकले घटेर ५१८.२५ अंकमा बन्द भएको छ।

आज बजारमा ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ ३३ पैसाको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा केही गिरावट भएको हो ।

आज नेप्सेमा २२५ कम्पनीको सेयर कारोबारमा आएकोमा ६२ कम्पनीको  सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ। आज १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज १३ वट मध्ये ११ वटा उपसमूहमा रातो पोतिएको छ । आज सबै भन्दा बढी कमाउनेमा मेन्युफ्याक्चर एन्ड प्रोसेसिङ १.४९ प्रतिशत,  हाइड्रो ०.४१ प्रतिशत रहेको छ भने बाँकी सबै उपसमूहमा रातो पोतिएको छ ।

आज पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सबै भन्दा धेरै मूल्य बढ्ने कम्पनीमा मानुषी लद्युवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ। त्यस्तै,नारायणी विकास बैंक, कपोरेट विकास बैंक, हिमाल दोलखा हाइड्रो पावर, समृद्धि फाइनान्सको शेयर मुल्य बढेको छ । त्यस्तै सबै भन्दा धेरै शेयर मूल्य गिरावट हुने तेह्रथुम पावर कम्पनी, प्रिमियम इन्स्योरेन्स, आइसीएफसी फाइनान्स र नेशलन माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।

Logo