ग्लोबल आइएमई लघुवित्तको प्रथम त्रैमासिक समीक्षा गोष्ठी सम्पन्न

ग्लोबल आइएमई लघुवित्तको प्रथम त्रैमासिक समीक्षा गोष्ठी सम्पन्न


ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. ३ र ४ अन्तर्गत रहेका ३५ वटा शाखाहरुको आर्थिक वर्ष ०७८/०७९ को प्रथम त्रैमासिक समीक्षा तथा शाखा प्रवन्धक गोष्ठी सम्पन्न गरेको छ। पोखराको लेकसाइड स्थित MY Hotel मा मंसिर ५ र ६ गते सञ्चालन भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले उद्घाटन गरेका थिए।

कार्यक्रममा विभागीय प्रमुखहरुले ३५ वटा शाखाको प्रथम त्रैमासिक समीक्षा र शाखा प्रवन्धक गोष्ठीको लागि सहजीकरण गरेका थिए। यसक्रममा शाखा प्रबन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौती, भावी रणनीतिहरु प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रमको समापनका क्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले उत्कृष्ट शाखाहरुलाई प्रशंसापत्र प्रदान गर्दै, वित्तीय संस्थाले हाल भोग्नुपरेका समस्याका साथै लघुवित्तको चुनौती तथा अवसरहरुको बारेमा जानकारी गराएका थिए। 

त्यस्तै, उनीले वित्तीयसंस्थाको चालु त्रैमासको लक्ष्य प्राप्तीका रणनीतिसँगै सफलताको शुभकामना दिएका थिए। कार्यसञ्चालन विभाग प्रमुख सुदीप आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु लगायत ३५ जना शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो।

Logo