१५ माघ २०७८ शनिबार
1
1
1

१० प्रतिशत बोनस सेयर वितरणका लागि मेगा बैंकले बोलायो साधारणसभा

1
1
1
1
1
1
1
1
1

मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । बैंकले २८ मंसिरमा ११औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । 

सभामा हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । बैंक तथा वित्तीय संस्था मर्जर र एक्विजिशनसम्बन्धी काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका एजेण्डा छन् ।

साधारणसभा प्रयोजनका लागि बैंकले १४ मंसिरमा बुकक्लोज गर्ने भएको छ । जसअनुसार १३ मंसिरसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसार

प्रकाशित: ७ मंसिर २०७८ १०:५० मंगलबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी