मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि डेढ अर्ब बजेट माग

मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि डेढ अर्ब बजेट माग


१ असार २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि खानेपानी तथा सरसफाइ मन्त्रालयले डेढ अर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चितता मागेको छ।

मन्त्रालयले अर्थ मन्त्रालयसँग यसअघि बनेको पुनर्स्थापनाको कार्ययोजनाबमोजिम नै बजेट माग गर्ने निर्णय गरेको हो।

आयोजनाका एक अधिकारीका अनुसार आगामी हिउँदभित्रै अस्थायी संरचनामार्फत काठमाडौंमा मेलम्चीको पानी खसाल्ने गरी बजेट मागिएको हो।

मेलम्चीले सुरुमा बनाएको कार्ययोजनाअनुसार आयोजना पुनर्स्थापनाका लागि एक अर्ब ८५ करोड रुपैयाँ खर्च लाग्ने देखिएको थियो ।

Logo