५ सयले घट्याे सुनकाे मूल्य, चाँदीमा पनि गिरावट

५ सयले घट्याे सुनकाे मूल्य, चाँदीमा पनि गिरावट


बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५ सयले घटेर ९१ हजार ८ सयमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन १ हजार ६ ले घटेकाे थियाे।

यसअघि सोमबार छापावाला सुन तोलाको ९३ हजार ९ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ।

त्यसैगरी बुधबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार २२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Logo