सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको भाउ घट्यो

सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको भाउ घट्यो


शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार नाै सय रुपैयाँ कायम भएको हो।

तेजाबी सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ३६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

शुक्रबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय २५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार दुई सय ३० रुपैयाँ कायम भएको थियो। 

Logo