नबिल बैंकद्वारा सामाजिक उद्यमशीलता विकास कार्यक्रम शुरु

नबिल बैंकद्वारा सामाजिक उद्यमशीलता विकास कार्यक्रम शुरु


नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम (Nabil School of Social Entrepreneurship – Nabil SSE) शुरु गरेको छ। समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रबर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम शुरु गरिएको हो। 

स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रबर्द्धन गर्ने उद्देश्यका साथ NABIL SSE ले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रम र फेलोशिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ। 

शुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका निम्न स्कुल, कलेज तथा विश्वबिद्यालयसँग सम्झौता गरेको छ।

प्रदेश    स्कुल/कलेज/विश्वबिद्यालय
१ः            महेन्द्र मोराङ आदर्श मल्टिपल क्याम्पस
२ः            वीरगंज पब्लिक कलेज
बाग्मतीः    काम्पिएन कलेज
गण्डकीः    फ्याकल्टी अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, पोखरा विश्वविद्यालय
लुम्बिनीः    क्षितिज इन्टरनासनल कलेज
कर्णालीः    सुर्खेत मोडल कलेज
सुदुर पश्चिमाञ्चलः सुदुर पश्चिमाञ्चल अकाडेमी

    
यो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरि वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर श्रृजना गर्नेछ ।  

त्यसैगरी फेलोशीप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ब्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग बैंकले आजै सम्झौता गरेको छ। 

यसैगरी एक वर्षसम्मको आवश्यक सहयोगसहित ४० सहभागिलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। 

Logo