विन्ध्यावासिनी हाइड्रोपावरको साधारणसभा २ पुसमा

विन्ध्यावासिनी हाइड्रोपावरको साधारणसभा २ पुसमा


विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २ पुसमा साधारणसभा बोलाएको छ। कम्पनीले बिहान ११ बजे आफ्नै कार्यालय बानेश्वरमा सभा आह्वान गरेको हो। 

बैंकका अनुसार सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ। सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ।

कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता सेयर निष्कासन गर्न १ माघ २०७६ मा आईपिओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो। 

कम्पनीले निष्कासन गर्ने सेयरमध्ये १० लाख कित्ता आयोजना प्रभावित स्थानीयलाई र बाँकी १५ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ। कम्पनीले सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ। 

कम्पनीले कास्कीमा ८.८ मेगावाटको रुदीखोला ‘ए आयोजनाको निर्माण सकिसकेको छ। त्यस्तै, लमजुङमा ६.६ मेगावाटको रुदीखोला ‘बी’ आयोजनाको निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। 

Skip This
Logo