ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज


ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ १३ मंसिरमा बुक क्लोज गर्दैछ । यसर्थ, नेप्सेमा आजसम्म कायम सेयर धनीले लाभांश पाउन सक्नेछन् । 

बैंकले गत वर्षको नाफाबाट सेयर धनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २७ मंसिरमा वार्षिक साधारणसभा आह्वान गरेको छ । ग्लोबलको साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित तीन दशमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यसै गरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल हुनेछ । प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्नेलगायतको प्रस्ताव छ । 

Logo