यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५० पैसा र बिक्री दर १२० रुपैयाँ १० पैसा कायम गरेको छ । 

युरोपियन युरो आज एकको खरिद दर १३४ रुपैयाँ ५९ पैसा र बिक्री दर १३५ रुपैयाँ २७ पैसा रहेको छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ १० पैसा र बिक्री दर १५९ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै, स्विस फ्र्यांक एकको खरिद दर १२८ रुपैयाँ ९४ पैसा र बिक्री दर १२९ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २२ पैसा र बिक्री दर ८५ रुपैयाँ ६४ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ १७ पैसा छ । 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५२ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ७० पैसा र बिक्री दर १८ रुपैयाँ ८० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ । 

यस्तै, आज साउदी अरबियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ८५ पैसा र बिक्री दर ३२ रुपैयाँ ०१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५८ पैसा र बिक्री दर ३२ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३३ पैसा छ ।

   

Skip This
Logo