आइतबार नेप्सेमा पहिरो, सबै उपसमूहमा रातो पोतियो

आइतबार नेप्सेमा पहिरो, सबै उपसमूहमा रातो पोतियो


साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा पहिरो गएको छ ।

सुरुवाती समयदेखि नै ओरालो लागेको नेप्से आज ८०.२९ अंकले घटेकाे लागेको छ भने  ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि घटेको छ । सेन्सिटिभ इन्डेक्स १४.१९ अंकले घटेर ५०१.४६ अंकमा बन्द भएको छ।

आज बजारमा एक करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५४ रुपैयाँ ७६ पैसाको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा वृद्धि भएको भएको हो । बिहीबार ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३० रुपैयाँ ९० पैसाको कारोबार भएको थियो ।

आज नेप्सेमा २३४ कम्पनीको सेयर कारोबारमा आएकोमा ०६ कम्पनीको  सेयर मूल्य बढेको छ भने १८२ कम्पनीको सेयर मूल्य घटेको छ। आज कारोबारमा आएकामध्ये कुनै पनि कम्पनीको सेयर मूल्य स्थिर भने रहेको छैन ।

त्यस्तै आज १३ वटै उपसमूहमा रातो पोतिएको छ । आज सबै भन्दा बढी गुमाउने उपसमूहमा व्यापार ५.३७ प्रतिशत, विकाश बैंक ५.११ प्रतिशत र होटल ४.३२ प्रतिशत रहेका छन् ।

Skip This
Logo