समीट लघुवित्तले घोषणा गर्याे २५.२८ प्रतिशत लाभांश

समीट लघुवित्तले घोषणा गर्याे २५.२८ प्रतिशत लाभांश


समीट लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरणकाे घोषणा गरेको हो।

लघुवित्तको हाल कायम चुक्तापूँजी ३९ करोड ४३ लाख रुपैयाँको २५.२८५३१६ प्रतिशत अर्थात ९ करोड ९७ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

सजिलो लघुवित्तसँग मर्जरपछि भर्खरै एकिकृत कारोबार थालेकोले कम्पनीले वितरण गर्ने बोनशमा कर नलाग्ने कम्पनीले जनाएको छ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। 

लघुवित्तको बोनश वितरणपश्चात चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ पुग्ने बताइएकाे छ।

Logo