१५ माघ २०७८ शनिबार
1
1
1

गण्डकी प्रदेशका व्यवसायी र नाडा अध्यक्षका उम्मेद्वार ध्रुव थापाको टिमबीच अन्तर्क्रिया

1
1
1
1
1
1
1
1
1

नाडा अटोमोवाइल्स एशोसिएसनअफ नेपालको निर्वाचनको मिति नजिकिएसँगै अध्यक्षमा उमेद्ववारी घोषणा गरेका ध्रुव थापाको टीम पोखराका अटोमोवाइल व्यवसायीका बिच पुगेका छन्। पोखराको एक ब्याङक्वेटमा थापाको टीम र त्यहाँका स्थानिय व्यवसायीबीच अन्तर्क्रिया कार्यक्रम आयोजना भएको हो।

नाडाको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेद्वारी घोषणा गरेका ध्रुव थापा लगायतका उनका सम्पूर्ण उम्मेद्वार सदस्यसहित भएको कार्यक्रममा कास्की जिल्लाका पोखरा, लेखनाथ, नयाँबजार क्षेत्रमा व्यवासय गर्ने व्यवसायीका साथै, बाग्लुङ, पर्वत, तनँहु जिल्लाका अटो व्यवसायीहरुको सहभागीता रहेको थियो । साथै उक्त कार्यक्रममा नाडाका सम्पूर्ण पूर्वाध्यक्षहरुको स्पष्ट समर्थन धुर्व थापा समूहलाई रहेको जानकारी गराइएको थियो । 

नाडा नेपाल अटोमोबाइल्स् एसोसिएशन अफ नेपालका बर्तमान कार्यसमिति सदस्य तथा ध्रुव थापा प्यानलबाट उमेद्वारी दिएका कपिल शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा पश्चिमाञ्चल अटोमोवाइल्स डिलर एसोसिएसका पूर्वअध्यक्ष माधवप्रसाद पौडेलले कार्यक्रममा स्वागत मन्त्यव्य राखेका थिए।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका कानून, न्याय तथा सञ्चारमन्त्री बिन्दुकुमार थापा, लायन्स मल्टिपल ३२५ नेपालका पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन लायन प्रेम बहादुर श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरी लगायतको उपस्थिति रहेको थियो। 

कार्यक्रममा अध्यक्षका प्रत्यासी उमेद्वार धु्रबबहादुर थापाले आफू र आफ्नो टिम नेतृत्वमा आएपछि गरिने नीतिगत सुधारहरु, सचिवालयमा गरिने सुधारहरु, नाडा अटो सो को प्याटेन्ट लिनेदेखि लिएर मोफसलमा पनि केन्द्रकै आयोजनामा अटो शो गरिने अवधारणा, सदस्यहरुको क्षमता अभिबृद्धि गरिने बिषय, कुनै पनि व्यवसायीले अटोमोबाइल क्षेत्रका जानकारी लिन चाहेमा सदस्य व्यवसायीले चाहिएको जस्तो डाटा व्यवस्थापन गरेर उपलब्ध गराउन डाटा हबको निर्माण गर्ने र संस्थागतरुपमा नाडाका तर्फबाट गरिने सामाजिक उत्तरदायित्वका कार्यहरुको बारेमा आफ्नो स्पष्ट धारणाहरु राखेका थिए। 

अहिले नाडामा साना, मझौलादेखि लिएर ठूला व्यवसायिक घरानाहरुको समेत सहभागिता रहेकोले सबैलाई समेटेर लैजानु पर्ने आवश्यक्ता रहेको बिषयमा पनि उनले प्रकाश पारे। त्यसैगरि अहिले नाडाको सातै प्रदेशमा संगठन बिस्तार भएपनि सबै प्रदेशमा रहेका सबै व्यवसायीलाई समेट्न बाँकी रहेको भन्दै, प्रदेशमा रहेका संगठनलाई थप अधिकार प्रयोजन गरि आर्थिकरुपमा पनि सवल र सक्षम बनाउनु पर्ने आवश्यक्ता रहेको बताए।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै अध्यक्ष उमेद्वार थापाले व्यवहारीक रुपमा आफू र आफ्नो टीमले निर्वाचन जितिसकेको बताउँदै भने, ‘चुनाव टेक्नीकल विषय भएकाले मतदाताले दिएको मतगणना नभएसम्म जित मान्न नसकिने हुँदा सबै व्यवसायीलाई नाडाको निर्वाचनमा उपस्थित भएर भोट खसाल्न अपिल गर्छु।’

थापाले चुनाव पश्चात आफू लगायत आफ्नो टीमले सम्पूर्ण साना तथा ठूला व्यवसायीलाई समान सम्झेर नाडाको विधि र विधानअनुसार काम गर्ने प्रतिबद्धता जनाएका थिए।  

कार्यक्रममा सहभागी उम्मेद्वारहरुका अनुसार ध्रुव थापाको प्यानललाई गोल्छा, लक्ष्मी, दुगड, जगदम्बा, आइएमई, खेतान, अग्नी, बिशाल, ज्योति समूह लगायत बैद्य अर्गनाइजेसन, केडिया अर्गनाइजेसन, कन्टिनेन्टल समूह आदि ठूला व्यवसायीहरुको समेत समर्थन रहेकोले आफ्नो जित सुनिश्चित देखिन्छ भन्ने कुरामा विश्वस्त छन्।

अर्थ संसार

प्रकाशित: १४ मंसिर २०७८ १३:०८ मंगलबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी